कै’दीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।
२५ साउन, धनगढी । तनावग्रस्त रहेको कैलाली कारागार बाहिर कै’दीबन्दीका आफन्तहरूको भीड लागेको छ ।
कारागारमा हिं’सात्मक झडप भएपछि कैदीबन्दीका आफन्त उनीहरूलाई भेट्ने प्रयासमा भेला भएका हुन् ।
एक जनाको मृ’त्यु र ४९ जना घाइते हुने गरी हिं’ सात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।
भित्रको स्थिति तनावग्रस्त भएपछि आफन्तले का’ रागार पुगेर सोधखोज गरिरहेका छन् ।
हमालले अहिले कैदीबन्दीका आफन्तहरूले भेट गरिरहेको जानकारी पाएको बताए ।
कै’दीबन्दीहरूले कारागारभित्र भइरहेका समस्याका बारेमा पटक–पटक स्थानीय प्रशासनले वेवास्ता गरेको आ’
रोप लगाएका छन् ।
१४ साउनमा कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै का’रागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए ।
सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, का’रागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।
तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिं’सात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ । उसले का’रागारको सुरक्षा व्यवस्था फितलो रहेको जनाएको छ ।
शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कै’दीबन्दीमाथि अन्धाधुन्ध आ’क्रमण गरेका थिए । आ’क्रमणमा गरी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृ’त्यु भएको थियो भने ४९ जना घा;इते छन् ।
घाइतेहरूमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।
अन्य घाइते सेती अस्पताल मातहतकै कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ ।
कैलाली कारागारमा एक जनाको मृ’ त्यु हुनेगरी भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज कुमार सिंहले जानकारी दिए ।
SOURCE : ONLINEKHABR